पुनर्निर्माण प्राधिकरणले थप्यो छुट तथा पुनःजाँच सर्वेक्षणको समय

काठमाडौँ- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले  छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको कार्य असार १५ गतेसम्म हुने जनाएको छ ।

भूकम्प पीडितहरुलाई ध्यानमा राखी प्राधिकरणले यस्तो निर्णय गरेको हो ।  

यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको प्राधिकरणले जनाएको छ । 

२०७६ जेठ मसान्तभित्र दर्ता गरी कार्यविधिअनुसार सिफारिस प्राप्त भएका गुनासाहरुको सर्वेक्षणका लागि समय थप गरिएको हो । 

६० हजार गुनासोकर्ताको विवरण प्राधिकरणमा आइपुगेको छ । 

प्राधिकरणले यस समयावधिभित्र आआफ्नो क्षेत्रमा खटिएका प्राविधिकहरुमार्फत् लगत संकलन कार्य गराउन सबै गुनासोकर्तालाई आग्रह गरेको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?