३४ अर्बको बजेट प्रस्तुत गर्दै ५ नम्बर प्रदेश

आगामी आर्थिक वर्ष ०७६ ०७७ का लागि प्रदेश ५ सरकारले ३४ अर्ब रुपैयाँ बराबरको बजेट आज  प्रस्तुत गर्दैछ ।

 प्रदेश योजना आयोगले तयार गरेको पाँच वर्षे आवधिक योजना र सरकारको नीति तथा कार्यक्रममा आधारित रहेर बनाइएको बजेटमा कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको  छ ।

त्यस्तै अघिल्ला वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई आउँदो आर्थिक वर्षभित्र पूरा गर्ने गरी रकम विनियोजन भएको छ ।

दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक बसेर बजेटलाई स्वीकृति दिएपछि दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नेछन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीले गए राति नै ३४ अर्ब रुपैयाँ हाराहारीको वजेट तयार गरेर मुख्यमन्त्रीलाई बुझाइसकेका छन् ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?