काठमाडौं । देशका विभिन्न भागमा डेंगु रोगको प्रकोप बढ्को छ ।
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढ्को हो । जोखिम बढ्दै गर्दा संघीय राजधानी काठमाडौंमा पनि यसको प्रकोप बढ्न सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
चिकित्सकका अनुसार काठमाडौं डेंगुको उच्च जोखिममा छ । उज्ज्यालोमा टोक्ने, सफा पानीमा फूल पार्ने भएकोले दिउसो पनि ख्याल गर्नुपर्ने र जम्मा गरिएको सफा पानीलाई हटाउने वा राम्रोसंग हावा नछिर्ने गरी व्यवस्थित भण्डार गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।
धरानमा गत एक महिना देखि सुरु भएको डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले चरणबद्ध हिसावले सरसफाई अभियान सञ्चालन गरेका छन् ।
धरानमा गत एक महिना देखि सुरु भएको डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले चरणबद्ध हिसावले सरसफाई अभियान सञ्चालन गरेका छन् । रोग नियन्त्रणका लागि सरकारी संयन्त्र कमजोर हुँदा यो रोगको संक्रमण बढ्दै गएको हो ।
जनचेतनाको अभाव, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहयोग, समन्वय र सहकार्यको अभाव तथा नियन्त्रणका लागि सरकारको उच्च प्राथमिकतामा पर्न नसक्नुजस्ता कारणले डेगुं रोग न्यूनीकरणको अभियान प्रभावकारी हुन सकेको छैन । विगत ४० दिनमा ११ जिल्लाका ५६१ जना सो रोगबाट प्रभावित भएका छन् ।
डेंगु रोगबाट प्रभावितहरुको संख्या अझै बढ्न सक्ने इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालले बताए । उनले भने, ‘अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन, बढ्दै जाने देखिन्छ ।’
महाशाखाका अनुसार चालू आर्थिक वर्षमा डेंगु रोग निवारणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । तीमध्ये संघीय सरकारले ७० लाख र स्थानीय सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, विनियोजित रकम पनि जनचेतना र डेंगु रोग नियन्त्रण अभियानमा खर्च हुन नसकेको देखिएको छ ।
यो वर्ष डेंगु रोग सार्ने लार्भाको खोज र नष्ट गर्ने अभियान’ प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्वास्थ्य सम्बद्ध अधिकारी स्विकार्छन् । हिलेको डेँगु एशियन टाइगर भनेर चिनिने छिर्केमिर्के, टाटेपांग्रे लामखुट्टेले फैलाएको बताइएको छ ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ प्रशासक घनश्याम पोखरेलका अनुसार डेंगु रोगबाट प्रभावित ४७५ जनाको बीपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । डेंगु रोगकै कारण नेपालमा सन् २००६ देखि हालसम्म १३ जनाको मृत्यु भएको तथ्यांक छ ।
यस वर्ष सुनसरीसहित झापा, मोरङ, चितवन, नवलपरासी र धनकुटा डेंगु रोगबाट सबैभन्दा बढी प्रभावित भएका छन् । धरानमा मात्रै डेंगु रोगबाट प्रभावित ४७५ जनाको उपचार भइरहेको छ ।
सन् २०१५ मा १३४ जना, सन् २०१६ मा १ हजार ५ सय २७, सन् २०१७ मा २ हजार १ सय ११ र सन् २०१८ मा ८ सय ११ जना यो रोगबाट प्रभावित भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया