काठमाडौं । अत्याधिक गर्मीका कारण भारतमा ७१ जनाको मृत्यु भएको छ ।
भारतको बिहारस्थित औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादामा १३ जना गरी ७१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
तर बिहार सरकारले भने यसको पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख छ । राज्य सरकारका प्रधान सचिवले उनीहरुको ज्यान जानुको कारणबारे अध्ययन गरेपछि मात्र सार्वजनिक गरिने बताएका छन् ।
सरकारले ज्यान गुमाएका परिवारलाई ४-४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया