विमानस्थलमा ओर्लिएलगत्तै गुठी विधेयकबारे प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ७ दिने युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीले स्वदेश फर्किए लगत्तै गुठी विधेयक सच्याउने प्रतिवद्धता गरेका छन् ।

ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै विधेयक सच्याउने प्रतिवद्धता गरेका हुन् ।

उनले भने, "धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’

उनले सरकार जनताको मन दुखाउन नभई जनतालाई हसाउँनको लागि  बनेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?