काठमाडौँ–नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई घटाएको छ ।
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
साथै हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया