२ युवतीसहित ६ जना बेनीबाट पक्राउ, यस्तो छ कारण

काठमाडौं । म्याग्दीबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये २ युवती र ४ युवक छन् । 
उनीहरुलाई गएको शनिबार साँझ बेनी नगरपालिकामा सडकमा शंकास्पद रुपमा हिडिरहेको बेला प्रहरीको टोलीले लागु औषधसहित पक्राउ गरेकाे हाे । 

पक्राउ पर्नेहरुमा रघुगंगा गाउँपालिका–१, बेगखोलाका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८, न्युरोड बस्ने २३ वर्षीया रेजिना श्रेष्ठ र मंगला–३, बराङ्जाका २२ वर्षीया सीता केसी, बेनी–९, गलेश्वरका २१ वर्षीय राजकुमार शेरपुञ्जा, बेनी–८, का २८ वर्षीय विजय बानियाँ र रघुगंगा–६, पाखापानी घर भई बेनी–७, मंगलाघाट बस्ने २० वर्षीय प्रवीण छन्त्याल पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद गरिएको छ । 

लागूऔषधसहित पक्राउ परेका आरोपितहरुलाई आइतबार जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा उनीहरुको साथबाट लागु औषध भेटिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?