छुट्टाछुट्टै ठाउँमा दुई पुरुष मृतावस्थामा फेला

काठमाडौं । आइतबार चितवनका छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला परेका छन् । 

८० वर्षिय भरतपुर महानगरपालिका–१५ फूलबारीमा रामप्रसाद तिवारी मृत फेला परेका हुन् । भरतपुर–३ बेलचोक घर भई मागेर पेट भर्ने तिवारीको अपह्रान साढे ५ वजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी जनाएको छ । परीक्षणका लागि शव भरतपुर अस्पतालमा राखिएको छ ।

यस्तै आइतबार अपह्रान कालिका नगरपालिका–८ न्यूरेनीमा अन्दाजी ३०÷३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन् । उनी सडक छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । चेपाङको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?