काठमाडौं रेलमार्गको डिपिआर निर्माण विषयमा नेपाल र चीनबीच छलफल हुने

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको डिपिआर निर्माण गर्नेबारे चीन मा छलफल हुँदैछ । 

उक्त विषयमा छलफल गर्न नेपालको एक टोली चिन गएको छ । यो रेलमार्गलाई अघि बढाउने उद्देश्यले छलफल गर्न टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीको नेतृत्वमा टोली चीन  गएको हो । रेलमार्ग निर्माणबारे चीन र नेपाल सरकारबीच द्धिपक्षिय समझदारी भइसकेको तर निर्माणमा लाग्ने खर्चको नमुनामा दुबै देशको वार्ता मिलेको छैन । 

आफ्नै खर्चमा रेलमार्गकोे प्रारम्भिक अध्ययन गरि  चीनले अध्ययनको रिपोर्ट पनि नेपाललाई हस्तान्तरण गरिसकेको छ । 

रेलमार्गको अध्ययन सकेर योजना प्रतिवेदन मात्र बनाउन १ दशमलव ७ अर्ब खर्च लाग्ने भएकाले उक्त १ दशमलव ७ अर्ब नेपाल र चीनबीच कसले खर्च गर्ने भन्ने विषयमा सहमति भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?