काठमाडौं । सिराहामा भारतीय नम्बर प्लेटका गाडिलाई नेपाल प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।
भारतीय नम्बर प्लेटका गाडिको प्रयोगले राजश्व चुहावट भइरहेको पाइएकोले चेकजाँचमा कडाई गरेको हो । जिल्ला भन्सार कार्यालय सिराहाका कर्मचारीले राजश्व नतिरी भारतीय गाडि प्रयोग गर्ने चलन बृद्धि हुदै गएको बताए ।
भारतीय नम्बर प्लेटको मोटरसाईकलको १०० र कारको ४०० राजस्व तिर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।
शुल्क बुझाएर एक बर्षमा ३० दिनसम्म मात्र चलाउन मिल्ने र शिमावर्ती क्षेत्रभित्र बिहान आएर साँझ फर्कदा पैशा नलाग्ने कानुनी प्रावधान रहेको छ ।
सिमा जोडिएका क्षेत्रहरुमा बर्सौसम्म राजश्व नतिरी चलाउने भारतीय नम्बर प्लेटका गाडिहरु प्रयोग हुने गरेको छ । बढ्दो संख्यामा भारतीय नम्बर प्लेटका गाडि राजनीतिक दलका स्थानीय नेता, तस्कर तथा व्यापारीले प्रयोग गर्ने गरेका छन् ।
नेपालमा खरिद गर्दा ठुलो धनराशि तिर्नुृपर्ने हुदा भारतमा खरिद गर्दा नेपालको वास्तविक मुल्यको एक चौथाइको एक हिस्सा पर्ने कारणले गाडिको प्रयोग बढेको र चेकजाँचमा कडाइ नगरिएका कारण पनि गाडिको संख्या बृद्धि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया