काठमाडौं । अमेरीकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले पृथ्वीको परिक्रमा सफलतापुर्वक प्रारम्भ गरेको छ ।
उक्त स्याटेलाइट गत वैशाख ५ मा अमेरिकाबाट प्रक्षेपण गरिएको थियो । सोमबार अपरान्ह ४ बजेर १९ मिनेटबाट अन्तरिक्षमा सो स्याटेलाइट घुम्न सुरु गरेको हो । जापानमा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीद्धारा निर्मित यो स्याटेलाइट वैशाख ५ गते राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो ।
सानो नेपालको झण्डा भएको १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको उक्त स्याटेलाइट स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार पारेर ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा सफलतापुर्वक पठाइएको हो ।
१३ सय ग्रामको सो स्याटेलाइट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम समेत उल्लेख गरिएको छ । यसका लागि सरकारले १ करोड ८२ लाख खर्च गरेको छ । स्याटेलाइट रिलिज भइससकेपछि यसले विभिन्न मौसमी सूचनाहरु पठाउन सक्छ ।
यसले ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्न लगाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया