पछिल्लो एघार महिनामा वैदेशिक रोजगारमा गएकामध्ये ५ सय दुई जनाको मृत्यु भएको तथ्याङ्क आएको छ ।
नेपालमा रोजगारीको वातावरण नभएका कारण यूवा पलायन डरलाग्दो छ ।
त्यसमा पनि परदेशमा नै ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । यसरी ज्यान गुमाउने विभिन्न कारणहरु छन् ।
मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा रोजगारीका लागि गएकाहरुमध्ये ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डले जनाएको छ ।
मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ । वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६. ४२ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरेबिया र यूएईमा छन् ।
तर यिनै मुलुकमा सबैभन्दा धेरै संख्यामा कामदारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् । समाचार स्रोत : कान्तिपुर दैनिक २०७६ -०३-०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया