सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन् ।
डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिम प्रभावित स्थलमा गएको छ ।
हरेक वर्ष फरक–फरक जिल्लामा डेंगुले प्रकोपको रूप लिने गरेको छ । स्वास्थ्यसम्बन्धी धेरै जिम्मेवारी प्रदेश र स्थानीय तहलाई सुम्पिएको छ । विशेषज्ञ तथा दक्ष जनशक्ति केन्द्रमा छ ।
न समन्वय छ न त रोगबारे अनुसन्धान भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा अञ्जनीकुमार झाले प्रदेशमा अनुसन्धान गर्ने दक्ष जनशक्ति नभएको बताए ।
‘डेंगुले खैलाबैला मच्चाएको छ । अनुसन्धान गर्न स्थानीय तहमा जनशक्ति छैन’, उनले भने, ‘काठमाडौंबाट अनुसन्धान गर्न पठाउनु भनेको पुरानै सोच भइहाल्यो ।’ अनुसन्धान लामो समय लाग्ने भएकाले प्रदेशबाटै यो कार्य गरिनुपर्ने उनको सुझाव छ ।
स्वास्थ्य अनुसन्धान परिषदका पूर्व सदस्यसचिव एवं जनस्वास्थ्य विज्ञ डा. खेम कार्कीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा योजना कार्यान्वयन गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताए । समाचार स्रोत : अन्नपूर्ण पोष्ट २०७६-०३-०३
-सावधान डेंगुले समाउला ! प्रकोप फैलिँदै, ४० दिनमा ५६१ प्रभावित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया