इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सी उच्च रक्तचाप र मधुमेहलगायत रोगबाट पीडित थिए । ६७ वर्षीय मोर्सी अदालतमा सुनुवाइ हुँदाहुँदै बितेका थिए।
अदालतमा सुनुवाइका क्रममा अकस्मात लडेका मोर्सीको हृदयाघातका कारण निधन भएको इजिप्टका सञ्चार माध्यमले जनाएका छन् ।
उनको पार्टी मुस्लिम ब्रदरहुडले भने सरकारी भनाइको खण्डन गर्दै उनको हत्या भएको दाबी गरेको छ ।
अधिकारवादी र परिवारका सदस्यहरुले गम्भीर स्वास्थ्य समस्या हुँदाहुँदै उचित उपचार नपाएर उनको ज्यान गएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।
परिवारका सदस्य तथा अधिकारवादीहरुले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेका थिए ।
गत अक्टुबरमा उनका कान्छा छोरा अब्दुल्लाले एक टेलिभिजन अन्तरर्वार्तामा उपचार नगरी बुवालाई अलग राखिएको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।
मोर्सी इजिप्टमा हाल प्रतिबन्धित इस्लामिस्ट मुभमेन्ट मुस्लिम ब्रदरहुडका शीर्ष नेतामध्ये एक हुन् ।
उनीमाथि प्यालेस्टाइन इस्लामिक ग्रुप ह्याम्ससँग सम्बन्ध राखेको लगायत अभियोग लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया