गुठी विधेयकबारे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने,  होला त स्थगन ?

विवादित गुठी विधेयक, लोकसेवा आयोगको विज्ञापनलगायत विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् ।

 
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकलाई बिहान ११ बजे  सम्बोधन गर्ने कार्यक्रम छ  । 

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी गुठीसम्बन्धी विधेयक तत्कालका लागि स्थगन गर्ने मनस्थितिमा छन्। 

आइतबार युरोप भ्रमणबाट फर्किएलगत्तै विमानस्थलमा प्रधानमन्त्री ओलीले पत्रकारसँग कुरा गर्दै यसबारे पूनर्विचार गर्ने बताएका थिए ।

उनी गुठी विधेयकमा देखिएका समस्या समाधानमा केन्द्रीत छन् ।

सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र काठमाडौं उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरेका प्रधानमन्त्रीलाई सरोकारवालाहरूले मिश्रित सुझाव दिएको बुझिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?