सिरहाको धनगढीमाई नगरपालिका वडा नं १०, जिरोमाइलमा एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।
एनआईसी एसिया बैंकको शाखारहित बैंकिङ सेवाको बैंक प्रतिनिधिको रुपमा भोगिलाल महतो नियुक्त भएका छन्। अब देशका विभिन्न क्षेत्रका नागरिकले आफ्नो स्थानीय तहमै प्रतिनिधि मार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।
स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा ९जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम० को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने एनआईसी एसियाले जनाएको छ ।
बैंकका देसभरि २८४ शाखा, २८९ एटिएम, ४१ एक्स्टेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ ईकाइ छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया