कुकुरलाई मानिसको ‘बेस्ट फ्रेन्ड’ भनिन्छ ।
परपूर्वकालदेखि नै बफादार पात्रका रुपमा चित्रण भएकाले पनि होला कुकरलाई मान्छेले आफ्नो परिवारको सदस्य जस्तै गरी पाल्दै आएका छन् । आजभोलि त झन् छोराछोरी भन्दा प्यारो गरेर कुकुर पालिन्छ । पौष्टिक आहार दिने, लुगा लगाइदिने, नियमित स्वास्थ्य जाँचका लागि लग्ने, कतिवेला के चाहन्छन् भन्ने बुझेर त्यही अनुसार उनीहरुको चाहना पूरा गरिदिने पनि गरिरहेका छन् कतिपय मानिसहरुले ।
तर, के तपाईलाई थाहा छ यी सबै कुरा गर्नमा हामीलाई कुकुरका आँखाहरुले बाध्य बनाइरहेका हुन्छन् ? उनीहरुमा जन्मजातै आँखाको माध्यमबाट मान्छेसँग बोल्ने, मान्छेको भावनालाई आफूतिर तान्ने क्षमता विकास भएको हुन्छ ।
अनुसन्धानले बताएअनुसार उनीहरुको आँखा वरिपरि यस्तो मांशपेशी हुन्छ जसले उनीहरुलाई मान्छेलाई आकर्षित गर्ने भाव आफ्नो आँखामा उत्पन्न गर्नमा मद्दत गर्छ । त्यसवेला उनीहरुको आँखा साना बच्चाको जस्तै देखिन्छन् जसकारण उनीहरुलाई नियालिरहेको व्यक्ति क्षणभरमै पग्लिन्छ । यस किसिमको आँखालाई ‘पप्पी आइज’ भनिन्छ ।
यूनिभर्सिटी अफ पट्र्समाउथको अनुसन्धान अनुसार त्यस मांशपेशीको मुभ्मेन्टले कुकरको आँखालाई अलि ठूलो, शिशुको जस्तो र मान्छे दुखी भएको वेला देखिने जस्तो बनाइदिन्छ जसकारण मान्छेलाई छुट्टै किसिमको अपनत्व महसुस हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया