लुक्लामा ४ दिनदेखि हवाई सेवा ठप्प, यात्रुहरु अलपत्र

काठमाडौं । विगत चार दिनदेखि उडान नहुदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा यात्रु अलपत्र परेका छन् । 

लुक्ला विमानस्थलका प्रमुख प्रवीण श्रेष्ठका अनुसार मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान हुन नसकेको हो । 

वर्षासहित बाक्लो हुस्सु लागेपछि उडान प्रभावित हुदा सयौँ स्वदेशी तथा विदेशी यात्रुहरु लुक्लामै बस्न बाध्य भएका छन् । केहि यात्रु लुक्लाबाट केहि दुरी पैदल हिडेर गाडिद्धारा काठामाडौं गएका छन् भने केहि यात्रु मौसम सफा रहने प्रतिक्षमा छन् ।
 
यसै वर्ष सडक सञ्जाल खुम्बुपासाङल्हामु गाउँपालिका १ खारिखोलासम्म पुगे पनि खरिखोलासम्म पुग्नलाई माप्यदूधकोशीको वडा नम्बर २ र वडा नम्बर १ जोड्ने दुधकोशी नदिमा पुल नहँुदा एक महिना यता पानीको बहाव बढेपछि सवारी आवत जावत बन्द भएको हो । 

आउदो बर्ष गाउँपालिकाको केन्द्रसम्म सडक जोड्ने गरी कार्य भैरहेको खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष्य ङिमदोर्जी शेर्पाले बताए ।

विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकको हवाइयात्रा गतिलो नभयका कारण पर्यटकहरुले बर्षौदेखि यस्ता समस्या झेल्दै आएका छन् ।

हवाइ यात्रुहरु लुक्लामै रोकीनुपर्ने बाध्यताले त्यहाका होटल तथा व्यवसायमा चहल पहल बढेको छ । यस क्षेत्रको आम्दानीको स्रोतनै पर्यटक भएपछि सिजन सकिएपछि व्यवसायीहरु अन्य क्षेत्र जाने गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?