प्रतिपक्षीले प्रधानमन्त्रीलाई बोल्नै नदिएपछि संसद बैठक स्थगित

प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । ‘संसदीय मर्यादा कायम गर’ भन्ने नारा लगाउँदै रोष्टम घेराउ गरी प्रतिपक्षीले संसद अवरोध गरेका हुन् ।

सभामुख कृष्णप्रसाद महराले बारम्बार, ‘प्रधानमन्त्रीको कुरा सुन्नुस् अनि म प्रतिपक्षी सांसदलाई बोल्ने समय दिन्छु’ भन्दा पनि विरोध नरोकिएपछि बैठक स्थगित गरिएको हो । असार ४ गते बुधवार बिहान ११ बजेको लागि बैठक सारिएको छ ।

प्रधानमन्त्रीनिकट स्रोतले बताएअनुसार प्रधानमन्त्रीले आज बैठकमा विवादित गुठी विधेयक र लोकसेवाको विज्ञापनबारे सम्वोधन गर्न गइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?