संसदमा कांग्रेसको अवरोधपछि सिंहदरमारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

काठमाडौँ– प्रतिनिधि सभा बैठकमा काँग्रेसका सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा राख्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?