टी-ट्वान्टी विश्वकप छनोटको बन्द प्रशिक्षणमा २५ खेलाडी (नामावली सहित)

काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपालले प्रारम्भिक चरणमा २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ  ।
 
आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले मंगलबार प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो । सन् २०२० मा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण बिहिबारबाट सुरु हुनेछ । बन्द प्रशिक्षणपछि नेपाली टोलीको घोषणा हुनेछ ।

छनोट आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।
नेपाल पहिलो खेल कतारसंग खेल्नेछ, जुन खेल २३ जुलाईमा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ।

एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वत, ग्लोबल छनोटमा पुगेको छ ।

बन्द प्रशिक्षणमा परेका नेपाली टोली :
 
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल 
अविनाश बोहरा 
बसन्त रेग्मी 
अमित श्रेष्ठ 
भिम सार्की 
बिनोद भण्डारी 
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र कुमार मुखिया
करण केसी 
कुशल भुर्तेल
ललित भण्डारी 
ललित नारायण राजवंशी 
आरिफ शेख
नन्दन यादब
पवन सर्राफ 
प्रदीप ऐरी
राजु रिजाल 
रोहित कुमार पौडेल 
सन्दीप लामिछाने
साहब आलम
शरद भेषवाकर 
सोमपाल कामी
सन्दीप जोरा
सुशन भारी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?