कर्णाली नदीमा जिप खस्यो,  गाउँपालिका उपाध्यक्षसहित ९ यात्रु बेपत्ता

हुम्ला जिल्लाको खार्पुनाथमा जिप दुर्घटना भएको छ ।  

खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु जाँदै गरेको जिप सडकबाट कर्णाली नदीमा खसेको छ । 

सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकप्टर मार्फत घटनास्थल पुगेको छ ।यद्यपी घटनास्थलबाट सबै जानकारी आइसकेको छैन ।  जिपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित करिब ९ जना यात्रु सवार थिए । 

 

 घटनाबारे वृस्तित जानकारी आउन बाँकी छ । लोकपथ डटकम लग ईन गरिरहनुहोस् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?