रसुवामा अज्ञात रोगका कारण कुखुरा मर्न थाले

काठमाडौं ।  रसुवाको नौकुण्ड गाउँपालिका ५ स्थित भोर्लेमा  कुखुराहरु अज्ञात रोगबाट मर्न थालेका छन् । कुखुरा झोक्राउने सिंगान, र्‍याल बगाई एक दुई दिन भित्रमा मर्ने गरेको स्थानीयले बताएका छन् । दुई सातायता फैलिएको उक्त रोगले कुखुरा धमाधम मर्न थालेपछि किसानलाई लाखौंको घाटा व्यहोर्नु परेको छ।

पशु अस्पताल नुवाकोटका प्रमुख डा जगत सिम्खडाका अनुसार कुखुरामा पाउल पस नामक रोग लागेको अनुमान गरिएको छ । उनले स्थानीय तहमा रहेका पशु सेवा केन्द्रलाई उक्त रोगको समाधान गर्न निर्देशन दिएको समेत बताए ।

भेटेरिनरी तथा पशु अस्पताल नुवाकोटका प्रमुख डा जगत सिम्खडाले सो स्थानमा हालसम्म ५ सय कुखुरा मरिसकेको बताए । स्थानीयले भने हालसम्म ३ हजार बढी कुखुरा मरिसकेको बताएका छन् । धमाधम कुखुरा मर्न थालेपछि नौकुण्ड गाउँपालिकाको पशुसेवा शाखा र भोर्ले पशु सेवा कार्यालयले नमुना परीक्षणका लागि  भेटेरिनरी तथा पशु अस्पताल नुवाकोट लगेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?