हुण्डाइको गाडि खरिद गर्नेलाइ १ लाखससम्म नगद छुट

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाइको गाडि खरिद गर्नेलाइ १ लाखससम्म नगद छुट गर्ने भएको छ । गाडि खरिद गरे वापत ग्राहकलाई एउटा स्क्राच कार्ड मिल्नेछ जसमा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्नेछन् । 

एक्सचेन्ज बोनसका साथै योजना अन्तर्गत ग्राहकहरुले लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् । विज्ञप्तिमा उल्लेख भए अनुसार स्पट एक्सचेन्जका साथै सहज फाईनान्सको पनि सेवा प्रदान गरिने छ । 

हुण्डाई कम्पनीका गाडिहरुमा ३ वर्षको वारेन्टी सँगै ४ वर्ष  सर्भिसिङ निशुल्क गराईने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । यस कम्पनीको नेपालभरी १७ सर्भिस सेन्टर र १५ डिलर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?