कर्णालीमा जिप दुर्घटना अपडेट: ११ जना वेपत्ता, गोताखोर नहुँदा उद्धारमा समस्या (वेपत्ताको नामावली सहित)

हुम्ला जिल्लाको खर्पुनाथ गाउँपालिका ५ को गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट करिव साढे १२ बजेतिर कर्णालीमा खसेको जिप र सवार यात्रुबारे अझै थाहा हुन सकेको छैन ।

खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शिन्धु हमाल (शाही) सहित ९ जना यात्रु बोकेको जिप कर्णाली नदीमा बेपत्ता भएको हो  ।

लु १ ज ७१६६ नम्बरको जिपमा  खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शाहीसहित, चालक मणि शाही, चन्द्र हमाल,  ढुक्कु भण्डारी, बशन्ती शाही,  नन्ददेवि सिंह रहेको स्थानिय पत्रकाले बताएका छन् । अन्य तीन जनाबारे थाहा हुन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजेन्द्रबहादुर सिंहका अनुसार गोताखोर झिकाउने पहल भइरहेको छ ।

गोताखोर नहुँदा जिपको  अवस्था थाहा हुन सकेको छैन ।  तीन घण्टासम्म पनि जीप र यात्रुको अवस्था पत्ता लागेको छैन । कर्णाली नदी धमिलो बहेको छ । 

घटनास्थलमा प्रहरीले उद्धार तथा खोजी जारी राखेका छन् ।

उद्धारमा दुई वटा हेलीकप्टर प्रयोग गरिएका छन् ।

जीप सडकबाट करिव ४५ मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?