गुठी विधेयक फिर्ता लिने सरकारको घोषणा

विवादित बनेको  गुठी विधेयक सरकारले  फिर्ता लिएको छ ।

भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएकी हुन् ।

गुठी विधेयक फिर्ता लिन माग गर्दै नेवार समूदायले चर्को विरोध गर्दै आन्दोलन  गरिरहेका थिए । यो विधेयक गत वैशाख १५ गते राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भएपछि सरकार यस्तो निर्णय गर्न बाध्य भएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?