भारतीय रुपैँयाको कारोबारमा संलग्न ४ जना प्रहरीको फन्दामा

काठमाडांै । अवैध भारतीय रुपैँयाको कारोबारमा संलग्न ४ जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत बिहारका मुस्तफापुरका ४५ वर्षीय सहदेव महतो, वीरगञ्जका कामेश्वर शाह कलवार, कमरावनका २४ वर्षीय सहदेव कुमार र समस्तीपुरका ४९ वर्षीय रामचन्द्र महतो रहेका छन् । 

यस्तै प्रहरीले तीन जना भारतीय नागरीकको साथबाट ३ लाख ३ हजार १ सय र कामेश्वरको साथबाट २७ हजार ८ सय ४० नपाली रुपैयाँ फेला पारेको थियो । उक्त तीन जना व्यक्तीलाई वीरगञ्जको घण्टाघर छेउमा रहेको मिक्सिङ सेन्टरबाट प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?