जिप दुर्घटनामा ९ जना बेपत्ता : गोताखोरले भेटेनन् शब, रात परेकोले  खोजी कार्य प्रभावित

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका ५ को गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट कर्णालीमा खसेको जिप र सवार यात्रुबारे अझै थाहा हुन सकेको छैन ।

खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शिन्धु हमाल (शाही) सहित ९ जना यात्रु बोकेको जिप करिब साढे १२ बजेतिर कर्णाली नदीमा बेपत्ता भएको हो  ।

खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शिन्धु हमाल (शाही) गाउापालिकाको बैठकमा जान सो जिपमा सवार थिईन् । 

लु १ ज ७१६६ नम्बरको जिपमा  खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शाहीसहित, 

चालक मणि शाही, 

वर्ष २४ -चन्द्र हमाल 

 ढुक्कु भण्डारी

 बशन्ती शाही

वर्ष १३ नन्दादेवी सिंह 

वर्ष १२ -गोकुल सूनार 

नाम नखुलेका २ वर्षे बालक  रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अन्य बारे थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय हुम्लाका 

कर्णाली नदी धमिलो बहेको छ । 

घटनास्थलमा प्रहरीले उद्धार तथा खोजी जारी राखेका छन् ।

उद्धारमा दुई वटा हेलीकप्टर प्रयोग गरिएका छन् ।

जीप सडकबाट करिव ४५ मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो ।

स्थानीयलाई सहज होस् भनेर छोटो दुरीमा चलाइएको सो जिप स्थानीयको प्रमुख सवारी साधन थियो ।  हिँडेर डेढ घण्टा लाग्ने सो बाटोमा जिपमा यात्रा गर्दा ४५ मिनेट लाग्दछ । अनकण्टार भिरको बिचमा कच्ची सडक छ ।  जिप के कारणले दुर्घटना भयो भन्नेबारे प्रहरीले अनुसन्धान  गरिरहेको छ ।  

९ जनाको आफन्त आएर दुर्घटनामा आफ्ना मान्छेहरु  परेको भन्ने बताएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सब –ईन्पेक्टर ठाकुर कुमार राईले बताए । सदरमुकामबाट घटनास्थल पैदल ३ घण्टा दुरीमा पर्छ । घटनालगत्तै प्रहरीले नेपाल आर्मीका गोताखोर अनुसन्धानको लागि मगाएको थियो । २ गोताखोरले करिब ४ घण्टा खोज्दा पनि पानीबाट  जीपका अवशेष तथा  शब  निकाल्न सकिएन । उनले थपे, ''पानीको वहाव, धमिलो पानी र रात परेकाले अहिले कठिनाई भइरहेको छ । '' जिप खसेको स्थानबाट ३ किलोमिटरसम्म प्रहरी परिचालित छन् ।  उनीहरुले खोजी गरिरहेका छन् । ''अनकन्टार  ठाउँ भएकोले रात परेकोले अझै समस्या परेको छ । कच्ची बाटो जिप अनियन्त्रित भएर कर्णालीमा खसको जस्तो देखिन्छ ।'' उनले भने ।  

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?