बम विस्फोटमा मारिएका विप्लवका अर्का कार्यकर्ता पनि सहिद !

काठमाडौं–काठमाडौंको सुकेधारमा भएको बम विस्फोटमा ज्यान गमाउने थप एक जनालाई विप्लवले सहिद घोषणा गरेका छन् ।
१२ जेठमा नेपाल बन्दको पूर्वसन्ध्यामा बम विस्फोट हुँदा घाइते भएका रामकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि विप्लवले सहिद घोषणा गरेका हुन् ।   
नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा सहिदहरुको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने दाबी गरिएको छ । सुकेधारा र अनामनगरमा भएको बम विस्फोटमा श्रेष्ठसहित ५ जनाको ज्यान गएको छ । सबैलाई विप्लवले सहिद घोषणा गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?