कर्णाली जीप दुर्घटना: नदीमा बेपत्ता भएकाको खोजी गर्न गोताखोरको टोली जाँदै

काठमाडौं । जीप कर्णाली नदीमा खसेर बेपत्ता भएकाहरुको अवस्था पत्ता लगाउनका लागि काठमाण्डौबाट गोताखोरको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । 

मंगलबारदेखि  नै दुर्घटनामा परेर हराएकाहरुको अवस्था थाहा हुन नसकेपछि अहिले गोताखोरको टोली घटनास्थलतर्फ गएको हो । 

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर काठमाण्डौबाट चितवनको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर हुम्लातर्फ गएको छ । 

टोलीले केहीबेरमा घटनास्थल पुगेर खोजी सुरु गर्ने भए पनि कति समय लाग्छ भन्ने एकिन नभएको हुम्ला प्रहरीले जनाएको छ । प्रविधिको पर्याप्त ब्यवस्था नहुँदा र गहिरो नदीका कारण खोजी कार्यमा समस्या भएको हो । 

मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित १० जना बेपत्ता भएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?