प्रधानमन्त्री ओली र प्रचण्डवीच यी विषयमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" वीच प्रचण्डनिवास बालुवाटारमा समसामयिक विषयबारे बुधबार छलफल हुँदैछ ।

स्रोतका अनुसार अध्यक्षद्वयवीच जिल्ला ईञ्चार्ज र सहइञ्चार्जहरुको जिम्मेवारी बाँडफाँटको विषयमा छलफल हुनेछ । 

यसअघि सो विषय नटुंग्याइकन प्रधानमन्त्री युरोप गएका थिए ।

जिल्ला इञ्चार्ज र सहइञ्चार्जहरुका साथै केन्द्रीय विभागहरुको गठन पनि बाँकी नै रहेको र यी विषयहरुमा बुधबार दुई अध्यक्षले छलफल गर्ने र त्यसपछि सचिवालय बैठक बोलाइने नेकपा स्रोतले जनाएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डवीच पार्टीका आन्तरिक विषयका साथै देशमा देखा परेको राजनीतिक परिस्थितिका विषयमा पनि छलफल हुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?