गुठि विधेयक विरूद्ध उर्लिए राजधानीवासी (तस्विरमा हेर्नुहोस् )

काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन भएको छ । 

राजधानीको माइतीघरमण्डला, बानेश्वर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो  । 

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् ।

सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?