प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । मध्यपुर ठिमी नगरपालिका-४ नयाँ ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्दा पक्राउ परेका छन् ।

काठमाडौं चक्रपथ बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका-९ घर भएका ३३ वर्षीय केदार बहादुर नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्रहरीले बा।४ ख ७७७९ नम्बरको ट्रिपरलाई जाँच गर्ने क्रममा केदारले उक्त नगद सवारी दर्ता किताब भित्र राखेर दिन खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?