काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
मालपोत कार्यालय कलंकीको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्ने व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन। पक्राउ परेका दुबैलाई कालिमाटी वृत्तमा राखिएको छ।
मालपोत कार्यालयको ‘स्मार्ट सेवा’सहितको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली बुधबार ११ बजे त्यहाँ पुगेका थिए। स्मार्ट मालपोतको अवधारणा अन्तर्गत नेपालमै पहिलोपटक कलंकीमा कार्यालय बनाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया