नेपाल–बंगलादेश उर्जा संयन्त्रको दास्रो बैठक बंगलादेशमा सुरु

काठमाडौं । बंगलादेशमा नेपाल–बंगलादेश ऊर्जा संयन्त्रको दोस्रो चरणको बैठक बुधबारबाट सुरु भएको छ । 

जलविद्युतमा लगानी सम्बन्धि भएको समझदारी कार्यान्वयनमा ल्याउन सहसचिव स्तरीय बैठक बंगलादेशमा सुरु भएको हो । 

यसै सम्बन्धि पहिलो चरणको बैठक काठमाडौंमा गत मंसिरमा सम्पन्न भएको थियो । काठमाडौमा सम्पन्न भएको पहिलो चरणको उक्त बैठकमा विद्युत व्यापारको मोडालिटी, जलविद्युतमा बंगालदेशको लगानी, अन्तरदेशीय प्रशारणलाइन, भारतीय लगानीमा निर्माण हुन लागेको माथिल्लो कर्णालीको विद्युत खरिद र नविकरणीय ऊर्जामा सहकार्य लगायतका एजेण्डामा छलफल भएको थियो । 

दोस्रो चरणको बैठकको लागि सिंचाई मन्त्रालयका सहसचिव प्रविणराज अर्यालको नेतृत्वमा ६ जनाको समुह बंगालेदश पुगेको छ । २ दिनसम्म रहने उक्त बैठकमा ऊर्जा सहयोग सम्बन्धि सम्झौता भएपछि त्यसलाई कार्यान्वयनमा लैजान दुवै देशले गर्नुपर्ने आवश्यक तयारीका विषयमा वहस हुने ऊर्जा मन्त्रालयले जनाएको छ । 

यसै विषयमा गत साउन महिनामा सिचाई मन्त्री र बंगलादेशका राज्यमन्त्री बिच जलविद्युत लगानी सम्बन्धी दुबै मन्त्रीले हस्ताक्षर गरेका थिए । नेपाले भारत र बंगलादेशसँग त्रिपक्षीय समझदारी गरेर बंगलादेशमा नेपालले विद्युत निर्यात गर्ने विषयमा नेपाल दुबै देशबिच बैठक निरन्तर बस्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?