काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका एक जनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने कुमार खड्कालाई सीआईबीले सुकेधाराबाट पक्राउ गरेको हो ।
खड्काले प्रमोद जैसवालसंग आर्थिक व्यवहार मिलाउन भनि २३ लाख ऋण लिएको तर तिर्ने बेलामा नेपाल एसबीआई बैंकको ब्यालेन्स नभएको चेक काट्दा चेक बाउन्स भएको थियो ।
त्यसपछि जयसवाल अदालत गएकोमा उच्च अदालत पाटनको ०७६ वैशाख १६ गते उनलाई एक महिना कैद र २३ लाख जरिवाना ठहर गरेको थियो ।
प्रहरीका अनुसार खड्काले ०७४ कात्तिक ११ मा जैसवालको नाममा चेक जारी गरेकोमा भक्तानी हुन नसकी बाउन्स भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया