उत्तर कोरियालाई दक्षिण कोरियाको ५० हजार टन चामल सहयोग

एजेन्सी । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका छन् । विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी मार्फत उत्तर कोरियालाई उक्त चामल प्रदान गरिने किमले बताएका छन् ।

किमका अनुसार सरकारले दुई महिनाभित्र उक्त ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने डब्ल्यूएफपीले जानकारी दिएको छ । यसै महिनाको शुरुमा उत्तर कोरियाका लागि ८० लाख अमेरिकी डलर बराबरको रकम दक्षिण कोरियाले डब्ल्यूएफपी र युनिसेफमार्फत उत्तर कोरियालाई दिएपछि पुनः यो चामल प्रदान गर्ने योजना आएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?