सिंगापुर पठाउछु भन्दै करोडौं ठगि गर्ने अभियुक्त पक्राउ

काठमाडौं । प्रहरीले सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ठगी गरेको अभियोगमा एक जना अभियुक्तलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका स्थित मनमैजु बस्ने प्रवीण पौडेल रहेका छन् ।  

प्रहरीका अनुसार पौडेललाई करिव ३ सय जनालाई आफ्नै ट्रेनिङ सेन्टर खोलेर सिंगापुर पठाइदिने र मासिक ६५० डलर तलब हुने भन्दै ६ करोड ठगी गरेको अभियोग लागेको छ । 

पौडेलद्धारा ठगिएका झाँपाका तीर्थ हमालले दिएको उजुरीका आधारमा पौडेललाई हेटौडाबाट लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

अभियुक्त पौडेलमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?