अनुमति बिनै भारतीय प्रहरी नेपाल पसेपछि…

काठमाडौं । अनुमति बिना भारतीय प्रहरी नेपाल पसेको भन्दै राष्ट्रिय जनमोर्चाले आवश्यक छानविन गर्न माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय प्रहरी अनुमति बिना नै अछाम जिल्ला पुगेको बारे विस्तृत रुपमा छानविन गर्न माग गरेका छन् । 
सार्वभौम जस्तो गरिमामय मुलुकमा अनुमति बिनानै यसरी पस्नु कानुन विपरित तथा मुलुकविरुद्धको कुरा रहेको भन्दै घोर आपत्ति जनाउँदै राष्ट्रिय जनमोर्चाले प्रेस विज्ञप्तिमा जारी गरेको छ ।

झण्डै २ महिनाअघि भारतकी १५ वर्षिया किशोरी र अछामका १९ वर्षिय केशव सोनीले भागि विवाह गरेका थिए । खोजि गर्नका लागि किशोरीका आफन्तले भारतीय प्रहरीलाई निवेदन दिएपछि प्रहरीले भारतका विभिन्न ठाउँका साथै अछाममा पनि खोजि गरेको थियो । 

उक्त खोजि कार्य गर्ने दौरानमा ३ जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले पक्राउ समेत गरेको विज्ञप्तिमा उल्लेख गरेको जनाइएको छ । 

यस्तो कार्यले सरासर भारतीय साम्राज्यवादको नेपालप्रतिको हेर्ने दृष्टिकोण फरक रहेको बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?