काठमाडौं । सिरहा जिल्लाका ग्रामिण भेगमा उत्पादित मौरीको मह बजारमा भन्दा गाउँमै बढी खपत हुने गरेको पाइएको छ ।
भवानीपुर–७ स्थित गायत्री मौरी विकास केन्द्रका सञ्चालक चन्देश्वर कामती आफूले उत्पादन गरेको मासिक २५ बाकस मौरीको महको माग बजारमा नरहेको बताए ।
सञ्चालक कामतीले बजारका मानिसहरुले हर्लिक्स बुस्ट तथा ठूलठूला कम्पनिका प्याकेज गरिएको मह खाने तर ग्रामिण क्षेत्रका मानिसहरुले घरेलु भिटामिन र औषधिको रुपमा मह नै बढी प्रयोग गर्ने हुँदा महको खपत ग्रामिण क्षेत्रमानै बढी भएको बताए ।
मह उत्पादन गरेपछि घरमै बिक्री हुने गरेकाले ग्रामीण कृषक मौरीपालनप्रति आकर्षित हुने गरेको लहान–४ स्थित मनकामना मौरी विकास केन्द्रका रामचन्द्र गुप्ताले बताए । ग्रामीण भेगमा उत्पादन हुने महमा मिश्रणको सम्भावना नहुने विश्वास सर्वसाधारण उपभोक्तामा छ ।
ग्रामीण क्षेत्रमा एक घारमा औसत २५ केजी मह उत्पादन हुने गरेको नेपाली बजारमा अहिले उक्त मह प्रति केजी ३ सय पर्छ ।
जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार मह उत्पादनबाट गाउंँमै बसी लगानीको तुलनामा राम्रो आम्दानी गर्न सक्ने भएको हुँदा मौरीपालकको जीवनस्तरमा पनि राम्रो सुधार आउने जनाएको छ । सिरहाका २४ गाउँपालिका तथा नगरपालिकामा करीब ३५ किसानले मौरीपालन गरिरहेका कार्यालयको तथ्याङ्कले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया