५० हजार घुससहित त्रिविका सहायक डीन शम्भु पटेल पक्राउ

काठमाडौं–त्रिभुवन विश्व विद्यालय  विज्ञान संकायका सहायक डीन डा शम्भु प्रसाद पटेल ५० हजार घुस सहित पक्राउ परेका छन् ।
 कलेजको सम्बन्धन नवीकरण गराईदिने भनी घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पटेललाई ५० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?