आँगनमा सुतिरहेको जयराम थारूको कस्ले गर्यो हत्या ?

काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।
  
धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । मृतकको घरमा उनी र उनकी बुहारी मात्र रहेको खुलेको छ । बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । 

उनका छोरा भने वैदेशिक रोजगारमा गएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?