माइक्रोफाइनान्सको ब्याज उठाउन गाउँ गएकी सुजाताको हत्या, प्रहरी भन्छ: ”अनुसन्धान जारी छ”

हिलिहाङ गाउँपालिका ६ रातमाटेमा २१ वर्षीया  सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा जंगलमा शव भेटिएको छ । 

एनएमबी माइक्रोफाइनान्समा कार्यरत  सुजाताको शव हत्या गरेर भीरबाट लडाएको अवस्थामा मंगलबार दिउँसो स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

माइक्रोफाइनान्सको लगानीको ब्याज उठाएर फर्किएकी तामाङको साथबाट नगद लुटिएको र उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएकोमा त्यसबारे सुक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरेन्द्र कुँवरले  www.lokpath.com बताए । स्थानीयले घटनास्थल नजिकै बाटोमा छाता र लेडिज ब्याग  भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

डीएसपी कुँवरका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

यसअघि पनि वैशाख २९ गते १५ वर्षीया यूवतीको घाँटी रेटी हत्या भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?