वडा कार्यालयको ताला प्रहरीले फुटाए पछि यस्तो भयो हंगामा

काठमाडौं । हेटौँडा उपमहानगरपालिका–७ मा स्थानीयवासीले लगाएको ताला प्रहरीले फुटाएको छ ।

वडा कार्यालय क्षेत्रमा रहेको नागस्वती उद्यान निर्माणका क्रममा आर्थिक हिनामिना भएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका थिए । उद्यान निर्माणका क्रममा आर्थिक हिनामिना गर्ने निर्माण समिति संयोजकलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार २ बजे तालाबन्दी गरेको स्थानीय दिनेश गौतमले बताएका छन् ।

तर प्रहरीले साँझ ५ः२० मा ताला फुटाएको थियो । प्रहरीले गौतमसहितका पाँच युवाको टोलीलाई वार्ताका लागि भन्दै प्रहरी इलाका प्रहरी कार्यालय लगेको जनाइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पु-याइएको जनाएको छ ।

सयौँको सङ्ख्यामा वडा कार्यालय पुगेका स्थानीयवासीले वडाध्यक्ष राजन थापासँग दोषीलाई कारवाहीको माग गरेका थिए । निर्माण समिति संयोजक नवराज खतिवडा छलफलमा नआएपछि स्थानीयवासीले तालाबन्दी गरेको जनाइएको छ । तालाबन्दीपछि वडा कार्यालयमा प्रहरीको टोली पुगेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?