बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित, यस्तो छ कारण

काठमाडौं । सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । 

असार १ गतेदेखि सुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । 

काठमाण्डाैका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान सुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए । 

यसै हप्ताको शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाण्डाै सन्ध्याकालीन उडान हटाइने बुद्ध एयरका सुर्खेत इन्चार्ज पन्तले बताए । 

उनको अनुसार यात्रु अभाव भएकोले यो सेवा हटाइएको हो । अहिले दुई उडानमा काठमाण्डाै लागि ४० यात्रु बुद्ध एयरले पाउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?