निर्यात भन्दा आयात बढी

काठमाडौं । तुलानात्मक रुपले हेर्दा देशमा भित्रिएको रकमको खर्च तथा भुक्तानी असामान्य तवरले बढ्दै गएर यस आर्थिक वर्षमा ठुलो धनरासी घाटा भएको छ । 

यस आर्थिक वर्ष ०७५-७६ को १० महिनामा भुक्तानी सन्तुलन ६८ अर्ब २० करोड घाटा भएको तथ्याङ्कले देखाएको छ । न्युन वैदेशि लगानी, बढ्दो आयात र समयमै सोधभर्ना नहुँदा घाटा बढेको हो । यस्तै आयातको तुलनामा निर्यात कम हुँदा लगभग ११ खर्बको व्यापार घाटा हुने देखिएको छ । 

गत वर्षको कुरा गर्दा पेट्रोलियम पदार्थको आयातमै झण्डै ३१ प्रतिशतले वृद्धि भई १ खर्ब ७२ अर्ब पुगेको छ । यस्तै चामल २७ अर्ब ९० करोड आयात भएको देखिन्छ । 

वैदेशिक पूँजिगत तथा लगानी न्युन रहेको छ ।नेपाली आप्रवासी कामदार, विद्यार्थि तथा विदेश घुम्न जानेको खर्च उच्च रहेको छ । 

पर्यटकबाट नेपालले ६३ अर्ब २८ करोड आम्दानी गरेको छ भने ७३ अर्ब ६५ करोड भुक्तानी गरेको छ । समीक्षा अवधिमा मुलुकमा ९ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । 

चालु आर्थिक वर्षमा साउनदेखि वैशाखसम्म विदेशी मुद्रा ६ दशमलव ६ प्रतिशतले घटेर ९ अर्ब ४२ करोड अमेरिकी डलर पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाह पनि घटेको छ । 

चालु आर्थिक वर्षको पहिलो १० महिनामा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फिति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष मुद्रास्फिति ४ दशमलव १ प्रतिशत थियो । गत वर्ष १० महिनामा १० दशमलव ३० प्रतिशतले बढेको थियो भने समिक्षा अवधिमा ९ दशमलव ३ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?