सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च !

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

यसअघिको रेकर्डलाई तोड्दै आज नेपाली बजारमा छापा वाला सुन प्रतितोला ६४ हजार पुगेको छ ।  यसअघि २०७० साल भाद्र १२ गते सुन ६३ हजार ३ सयमा सबैभन्दा उच्च मुल्यमा कारोबार भएको थियो । 

त्यसपछि २०७५ फागुन ८ मा पनि सोहि मुल्यमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले लोकपथलाई जानकारी दिएको छ ।

आज तेजावी सुन प्रतितोला ६३ हजार सात सयमा कारोबार भइरहेको  छ ।
यस्तै चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?