बाढीका कारण ७ हजार ४ सय जना विस्थापित

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेमा अविरल वर्षापछि आएको बाढीका कारण सात हजार ४०० व्यक्ति विस्थापित भएका छन् । 

राष्ट्रिय आकस्मिक सेवाले दिएको पछिल्लो जानकारीअनुसार मध्य शहर डुराज्नो सबैभन्दा बढी प्रभावित भएको छन् । यहाँबाट पाँच हजार २ सय ९९ जना विस्थापित भएका छन् । रक्षामन्त्री जोसे वेआडीले एक शिविरको भ्रमण गरी विस्थापितहरुका लागि सैनिक सहयोगको बन्दोबस्त मिलाको  समाचारमा जनाइएको छ । 

कैयौं व्यक्तिहरु अझै पनि बाढी प्रभावित क्षेत्रमा फसेका हुनाले सेनाले निरन्तर निरीक्षण गरिरहेको बेआडीले जानकारी दिए । उक्त बाढीका कारण प्रहरीले १२ ओटा राष्ट्रिय राजमार्गलाई बन्द गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?