सवारी चाप कम गर्न बैकल्पिक सडक निर्माण

काठमाडौं । बढ्दो सवारी चाप न्युनीकरण गर्न म्याग्दीको सदरमुकाम बेनी बजारमा वैकल्पिक सडक निर्माण गरिएको छ । 

कालीपुल वडा नम्बर ८ देखि विद्युत प्राधिकरणको कार्यालय हँुदै गणेश टोलको मन्दिर जोड्ने विकल्पको रुपमा सडक निर्माण गरिएको हो । 

झण्डै १६ फिट अग्लो पर्खाल बनाएर एकातर्फी सवारी साधन सञ्चालन गर्न सक्ने बनाइएको छ । 

विकल्पको रुपमा निर्माण गरिएको उक्त बाटो १ किलोमिटर घुमाउरो तथा लामो बाटो छोट्टीएर १ सय मिटर पुगेको छ । कुल लागतको १५ प्रतिशत जनसहभागिता रहेको सो सडक गत वर्ष विनियोजित ५ लाखबाट सडक निर्माण सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?