वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन हुनुपर्छ: सांसद यादव

काठमाडौं । सांसद रामबाबुकुमार यादवले  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गरेका छन् । 

कारखाना सञ्चालन नहुँदा हजाराँै मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको सांसदले जानकारी दिए । 

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरु शशी श्रेष्ठले ऊर्जा विकास तीव्र गतिमा हुनुपर्ने, डिला सङ्ग्रौलाले भष्टाचार कम हुन नसकेको र  राजकिशोर यादवले सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको आरोप लगाएका थिए ।  

यसैगरी सांसद सञ्जयकुमार गौतम, हितबहादुर गुरुङ र सरिताकुमारी गिरीले गरीब, दलित, जनजाति तथा पिछडिएका जनताका अधिकारलाई सुनिश्चित गर्नका लागि  सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?